Before Header
After Navigation

कलाकारहरूको मर्मलाई कथा बनाएर विदुर राज गिरिले ल्याए “व्यथा” 

सुवास नेपाली 
गीतकार विदुर राज गिरीको “व्यथा” सार्वजनिक गरिएको छ । विदुर राज गिरीको शब्द तथा बाबुल गिरीको आवाजमा कलाकारहरूको वेदनालाई समेटी साङ्गीतिक कोसेली “व्यथा”बजारमा ल्याएका हुन ।
उक्त सिर्जनामा “सिरुपाते जुँगाका”गायक बाबुल गिरीले सङ्गीत, स्वर, मिक्सिङ र मास्टरीङ गरेका छन् । निकै मार्मिक शब्द तथा कथा बस्तुमा तयार पारिएको गीतमा सुबि म्युजिक प्रोडकसनकी प्रोप्राइटर सुजता गिरीको लेखनमा, सह-निर्देशक सुरज ढकाल र चर्चित युवा निर्देशक उमेश गुरुङको निर्देशन रहेको छ ।
Sagan sahari bhawan nirman aayojana
सर्वाधिक रुचाइएको टेलीचलिचत्र “भुन्टीका” नायक विनोद श्रेष्ठ, तथा “त्यागकी” नायिका स्वानिका बास्तोला, बाल कलाकार ब्रीजेस राज गिरी, सुजता गिरी, विदुर राज गिरी, प्रदीप गिरी, सूचना भट्ट, सरोज ढकाल, विनोद ढकाल, पृथ्वी नारायण अधिकारी  लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ।
कलाकर्मीको दुख र वेदनालाई  झल्काउन खोजिएको छ । यस अघि गिरीले गायक शिव परियारको आवाजमा “लजालु नयन” प्रमोद खरेल र बानीका प्रधानको आवाजमा “शिव बम बम” साथै टीका बोम्जनको आवाजमा “परदेश बाट तिमी फर्की आऊ ” नामक सृजना आफ्नै “विदुर राज गिरी ” युटुव च्यानलबाट सार्वजनिक गरिसकेका छन्। आम कलाकर्मीहरूको पिडा र दुखले भरिएको उक्त साङ्गीतिक कोसेली हेरी साथ र हौसला दिन गिरिले दर्शकहरूमा  आग्रह समेत गरेका छन्।
म्युजिक भिडियो 
https://youtu.be/L7-IpffO85A
Shaileshwori
Loading...