कुटपिटको आरोपमा मेयरका छोरा प्रहरी नियन्त्रणमा

असोज १४, अछाम
नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा तिन जना पक्राउ परेका छन । अछाम जिल्लाको कमलवजार नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरा सहित तीन जना पक्राउ परेका हुन । मंगलबार कमलबजार नगरपालिकाका ईन्जिनियर नरेश न्युपानेलाई कुटपिट गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिनु भयो ।

bhukampa

पक्राउ पर्नेमा कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा तपमान विष्ट, प्रमुख कै नाती दिनेश विस्ट र नगरपालिकाका एम्वुलेन्स चालक मदन विष्ट रहेका छन ।

Shaileshwori
Loading...