वर्तमान सुदूरपश्चिम प्रदेश सरकारको काम गर्ने गति नै नभएको संस्थापक मुख्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य त्रिलोचन भट्टले बताएका छन् । पहिलो सङ्घीयता, पहिलो सरकार हुँदा पनि ९ महिनामा बिचमा आफ्नो नेतृत्वको सरकारले गरेको कामको स्मरण गर्दै मुलुक न्युजसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले भने ‘९÷९महिनासम्म संसद्मा कुनै एउटा कानुन निर्माण वा संशोधनका लागी संसद्मा गएको छैन संसद् कामकाज विहीन बनेको छ तर पनि सबै मौन छन् ।’ उनले थपे ‘सुदूरपश्चिम प्रदेश सरकार पछि मिडियाको खबरदारी कम भएको छ ।’
साना साना कामका लागी पनि केन्द्रमा धाउने गर्नु नेतृत्व क्षमता माथि प्रश्न उठेन खतरा रहेको बताए । उनले भने ‘कर्मचारी छान्न, बजेट पास गर्न, मन्त्री बन्न बनाउन गठबन्धन गर्न जे गर्न पनि केन्द्रकै भर पर्नु पनि प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठेको छ ।’
माओवादी केन्द्रले वडा मै केन्द्रीय सदस्यलाई पठाई सङ्गठन बिस्तार तथा सुदृढीकरण अभियान थालेको बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिमा गम्भीर समीक्षा र निष्कर्ष निकालेर जनताका बिचमा फेरी पनि सुशासनको मुद्दा लिएर जानका लागी माओवादी तयार भएको भट्टले बताए ।