सुवास नेपाली, डोटी
गीतकार विदुर राज गिरीको “व्यथा”बाट सङ्कलन भएको केही रकम बिरामीको उपचारमा खर्च गरिने भएको छ । गीतबाट एक वर्षमा सङ्कलन भएको रकमको केही अंश आर्थिक अभावमा छटपटिएका बिरामीका लागी खर्च गरिने भएको छ ।
कलाकारको वेदना समेटिएको कोसेली “व्यथा” बजारमा ल्याएका गिरिले युट्युबबाट सङ्कलन हुने रकम बिरामीको उपचारको लागि खर्च गर्ने बताएका हुन् । विदुर राज गिरीको शब्द र बाबुल गिरीको आवाज तथा सङ्गीत रहेको सिर्जनामा बाबुल गिरीले नै मिक्सिङ र मास्टरीङ गरेका छन् ।
https://youtu.be/L7-IpffO85A?feature=shared