डोटीमा टोल शिक्षा सञ्चालन
असोज १४, डोटी
डोटीमा सामुदायिक विद्यालयले टोल शिक्षा सञ्चालनमा ल्याएका छन । कोरोना माहामारीका कारण विद्यालय बन्द हुँदा अध्ययन अध्यापन प्रभावित भएपछि विद्यालयले विद्यार्थीका लागि टोल शिक्षा सञ्चालनमा ल्याएका हुन । कतिपय ठाँउमा अनलाइन कक्षा, रेडियो, टेलिभिजनका माध्याम बढि प्रभावकारी भए पनि डोटी जिल्लामा भने सबै भन्दा धेरै प्रभावकारी टोल शिक्षा बनेको छ ।
सामुदायिक विद्यालयले शिक्षहरुको दैनिक तालिका बनाएर पढाउन थालेका छन । तालिकामा कुन दिन, कुन टोल र कुन शिक्षकले पढाउने जस्ता कुराहरु राखिएका छन । यसरी दिन दिनै फरक फरक टोलमा गएर पढाउनु पर्ने भए पछि शिक्षकहरुलाई भ्याईनभ्याई भैरहेको छ ।
जिल्लाको नौ ओटै स्थानिय तहमा रहेका सामुदायिक विद्यालयले गाउँका टोलटोलमा पुगेर विद्यार्थी पढाउन टोल शिक्षा लागू गरी पढाउन थालेका छन ।
कोरोनाका कारण विद्यालयमा भारत तथा अन्य ठाँउबाट आएका व्यक्तिलाई राख्नको लागि आइसेलेसन तथा क्वारेन्टाईनको रुपमा प्रयोग गरीएको यो अवस्थामा गाँउको टोलटोलमा गएर पढाउन थालिएको केआइसिंह गाउँपालिका वडा नम्बर ५ छत्रेश्वरी मा।वि। का शिक्षक घनश्याम भट्टले बताउनु भयो । टोल शिक्षाबाट कक्षा १ देखी कक्षा १० सम्मका विद्यार्थीलाई विद्यार्थीको संख्या हेरेर पायक पर्ने ठाँउमा गएर पढाउन थालिएको यहाँका विद्यालयका शिक्षकहरुले बताएका छन ।