समन्वयात्मक बैठक सम्पन्न

Sayalb

दलित महिला सञ्जालले दिपायल सिलगढी नगरपालिकाका वडा अध्यक्षसंग समन्वयात्मक बैठक सम्पन्न गरेका छन् ।
दलित महिला संंघ फेडो डोटी मार्फत सञ्चालित दलित महिलाको विकास र सामाजिक न्यायका लागी सुदृढिकरण परियोजना अन्तरगत मासिक वैठक तथा वडा समन्वय भ्रमण वैठक नगरपालिकाका वडा नं –६ सिलगढी, वडा नं–८ लडागडा, वडा नं–७ पाँकरी, वडा नं– ९ कलेना र वडा नं– २ मा समन्वयात्मक बैठक सम्पन्न भएको परियोजना संयोजक योगेश मल्लले जानकारी दिनु भएको छ ।
बैठकमा दलित महिला तथा महिलाले भोग्नु परेका समस्याका बिषयमा समुहले जनप्रतिनिधीसंग माग राखेका थिए । दलित महिला समुहले ल्याएका सकरात्मक मागलाई सहयोग गर्ने जनप्रतिनिधीले प्रतिबद्धता ब्यक्त गरेका छन ।

Shaileshwori
Loading...