
अखिल नेपाल स्वतन्त्र राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डोटीको प्रवक्तामा अमृत बोहरालाई नियुक्त गरेको छ । शनिवार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको पाँचौँ पूर्ण बैठकबाट बोहरालाई सङ्गठनको प्रबक्तामो जिम्मेवारी दिइएको अखिल क्रान्तिकारी डोटीका अध्यक्ष प्रकाश जैशीले जानकारी दिएका छन् ।
पाँचौँ जिल्ला बैठकमा सङ्गठनको हालसम्म भएका कार्यक्रमको समीक्षा भावी योजना निमार्णका साथै कार्यालय टिम समेत गठन गरिएको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।
पार्टीले सुरु गरेको विशेष रूपान्तरण अभियानलाई सफल बनाउने यस अवधिमा ३ हजार अखिल क्रान्तिकारीको सदस्य बनाउने योजना तयार गरिएको अध्यक्ष जैशीले बताए ।

