
असोज १४, डोटी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टलेले झिमे मालिका माद यामिक विद्यालयको निरीक्षण गरेका छन् । आइतबार केआईसिंह गाउँपालिका-४ वायलमा अवस्थित प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको तीन तले विद्यालय भवनको निरीक्षण गरेका हुन् ।
भट्ट मुख्यमन्त्री रहेका बेला तीन तले विद्यालय भवनका निर्माण कर्मागत योजनामा राखेर बजेट विनियोजन गरिएको थियो । त्यति बेला पहिलो तलाका लागि प्रदेश सरकारले ८० लाख विनियोजन गरे पनि हाल सरकार परिवर्तन भएसँगै बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ । यसै गाउँपालिकाको वडा नं. ६ का स्थायी बासिन्दा समेत रहेका पूर्व मुख्यमन्त्री भट्टले विद्यालय भवनका लागि बजेट विनियोजन नगरिनु दुखद भएको बताए ।

भवनकाे भूइँतलाकाे निर्माण कार्य सम्पन्न हुने क्रममा छ । भट्टले विद्यालयका प्रधानाध्यापक नरबहादुर कार्की र विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारासाथ भट्टसँग विद्यालयको समसामयिक अवस्था, समस्या र आगामी कार्ययाेजना बारे छलफल गरे ।
विद्यालयले प्राविधिक धार तर्फ कक्षा ९-१२ पशु विज्ञान तथा बहुमुखी क्यापसकाे स्थापनाका लागि भौतिक पूर्वाधार विकास, आवश्यक आर्थिक सहयोग तथा पहल गरिदिन अनुरोध गरेको छ । विद्यालयलाई बहुमुखी क्याम्पस तथा कक्षा ९-१२ प्राविधिक धार सञ्चालनका लागि सक्दो प्रयास गर्ने र भौतिक, आर्थिक, शैक्षिक विकासका लागि सहयोग साथै विद्यालय भवनकाे थप दुई तला निर्माणका लागि समेत पहल गर्ने पूर्व मुख्यमन्त्री भट्टले प्रतिबद्धता जनाए ।
