घण्टेश्वर एफ.एम.को परिक्षण प्रशारण सुरु
सामुदायिक रेडियो घण्टेश्वरले परिक्षण प्रशारण सुरु गरेको छ । जोरायल गाउँपालिका वडा नं. २ छतिवनको बुडरबाट परिक्षण प्रशारण गरेको रेडियो १०६.८ मेगाहर्जमा सुन्न सकिने रेडियोका स्टेशन म्यानेजर शिबबहादुर ओलीले जानकारी दिनु भएको छ ।
बुडरमा स्टेशन रहेको रेडियो डोटी जिल्लाका बडीकेदार, जोरायल गाउँपालिका, डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका र कैलालीका चुरे र महुन्याल गाउँपालिकामा सुन्न सकिने छ ।
तिन जिल्लाका बिभिन्न पालिकामा रेडियोको प्रशारण सुनिने स्टेशन म्यानेजर ओलीले जानकारी दिए । बिकास सञ्चार समुहले स्थापना गरेको रेडियो सञ्चालनका लागी जोरायल गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । रेडियोको क्षमता एक सय वाट रहेको छ ।