Before Header
After Navigation

मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक बैठक सम्पन्न 

लाल बहादुर चदारा 
असोज २४, मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय परियोजना परिचयात्मक बैठक  सम्पन्न भएको छ ।  वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित वाक नेपाल एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना र आस्था  नेपालको बाल संरक्षण तथा बाल स्पोनसरसिप परियोजना अन्तर्गत परियोजना मार्फत  आगामी वर्ष २०२४ मा गर्ने क्रियाकलाप बारे जानकारी  गराएको छ ।
 बैठकमा  अस्था नेपाल मार्फत बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत मेल्लेखको ८ वटै वडामा  सुरक्षित सम्मानित, सशक्त र समृद्ध  बालबालिका बनाउने उद्देश्यका लागि १ करोड १८ लाख भन्दा बढीको अनुमानित बजेट अस्था नेपाल परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले सार्वजनिक गरे ।
  यस्तै  वाक नेपालद्वारा एकीकृत उत्थानशि जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत  जोखिम तथा विपन्न परिवारको जीविकोपार्जनमा  सहयोग पुर्‍याउने उद्देश्यले आगामी वर्षका लागी अन्य विभिन्न  क्रियाकलाप सञ्चालन गर्न  १ करोड ९ लाख भन्दा बढीको अनुमानित बजेट वाक नेपाल परियोजना  अधिकृत निरन्जना पनेरुले सार्वजनिक गरेका हुन् ।
Sagan sahari bhawan nirman aayojana
बैठकमा वाक र आस्था नेपाल मार्फत  २०२३ भए गरेका कामको  समीक्षा र  २०२४ मा गर्नुपर्ने  क्रियाकलापको  सरोकारवाला समक्ष सुझाव सङ्कलन तथा छलफल  गरिएको थियो ।  मेल्लेख गाउँपालिका २ का वडा अध्यक्ष कुसलराज बुढाको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि  मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सीँ साउद रहेका थिए। साउदले   वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा  आस्था नेपाल र वाक नेपालले मेल्लेख गाउँपालिकाको समन्वयमा थुप्रै क्रियाकलाप सञ्चालन गरी प्रभावकारी कार्यान्वयन भई  समुदाय रूपान्तरणमा सहयोग पुगेको भन्दै संस्थालाई धन्यवाद दिए ।
वाक  नेपाल सञ्चालक समिति बोर्ड सदस्य सुरत खड्काले  मेल्लेख गाउँपालिकाको समन्वयमा  संस्थाले गर्ने हरेक क्रियाकलाप यो वर्ष पनि  प्रभावकारी रुपामा कार्यान्वयन गरिने  बताए । आस्था  नेपाल जिल्ला कार्यसमिति बोर्ड सदस्य गंग बहादुर बुढाले संस्था मार्फत भए गरेका काम काजको निरन्तरताका लागि पालिकाको सहयोग र प्रभावकारी अनुगमन गरिनुपर्ने जनाएका छन् ।
सहभागी ८ वटै वडाका वडाअध्यक्षहरु र विषयगत शाखा प्रमुख, सरोकारवालाहरूले  संस्थाले गरेको काम समुदाय रूपान्तरणमा निकै सहयोग पुगेको भन्दै प्रशंसा गरेका थिए ।  वाक नेपाल अनुगमन संयोजक जगत् रावल लगायत संस्थाका सामाजिक परिचालकहरूको उपस्थित रहेको थियो ।
Shaileshwori
Loading...