‘रारा भ्रमण’ समन्वय समिति डोटीको प्रमुख उपलब्धी

Sagan sahari bhawan nirman aayojana

जिल्ला समन्वय समिति डोटीले रारा भ्रमणलाई प्रमुख प्रमुख उपलब्धी बनाएको छ ।
बार्षिक समिक्षा तथा चौथो जिल्ला सभामा समन्वय समिति डोटीका तर्फबाट प्रस्तुत प्रतिबेदनमा ‘रारा भ्रमण’ मूख्य उपलब्धीको एक नम्बरमा राखिएको छ ।
प्रस्तुत प्रतिबेदनमा लेखिएको छ ‘खप्तड पर्यटन प्रर्बद्धन बिकासका लागी अनुभब आदान प्रदान गर्ने उदेश्यल अनुरुप, समन्वय समिति, स्थानीय तह, जिल्लाका राजनैतिक दल पत्रकार एबं सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरुको पर्यटकिय स्थल राराको अवलोकन भ्रमणगरी प्रतिबेदन सम्बन्धीत निकायमा पेश गरिएका ।’

प्रस्तुत प्रतिबेदनको फोटो

प्रतिबेदनमा सम्बन्धीत निकायलाई पेश गरिएको भएपनी खप्तड क्षेत्रको बिकास गर्ने खप्तड क्षेत्र बिकास समिति बिगत ३ बर्षदेखी निश्क्रीय छ । बिकास समिति खारेज हुँदा दुई बर्षदेखी कर्मचारीले तलब समेत खान सकेका छैनन् ।
खप्तड क्षेत्रको बिकास गर्ने तथा समिति गठनको जिम्मा संबिधान तह सुदूरपश्चिम प्रदेश सरकारलाई रहेको छ ।
प्रतिबेदनमा अनुगमनको मूख्य जिम्मेवारी रहेको कार्यालयले ‘अनुगमन वाफतको खर्च अपुग हुनु’ चुनौतीको रुपमा राखेको भएनी रारा भ्रमणका लागी भने खासै चुनौती रहेन ।

Shaileshwori
Loading...