डोटीका थप चार जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ सय १ पुग्यो

निर्मला बम , डोटी

शुक्रबार डोटीका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप चार जना संक्रमित थपिए संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय एक पुगेको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीको परिक्षणमा डोटीका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनु भयो ।
शुक्रबार सायल गाँउपालीका वडा नम्वर १ का १५ बर्षका एक बालक र ४५ वर्षका एक पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै जिल्लाकै आदर्श गाँउपालिका वडा नम्वर १ का १३ वर्षका एक बालक र वडा नम्बर ६ का २६ वर्षका एक पुरुष गरी दुई जनामा पनि कोरोना पुष्टि भएको छ । चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै तयार पारीएको आइसोलसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख मलासीले बताउनु भयो ।
