नेकपा शिखरमा ५० जना प्रबेश


नेपाल कम्युनिष्ट पार्टी शिखर नगरपालिकामा ५० जना प्रबेश गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार विरुद्धको एक महिने विरोध कार्यक्रम अन्तरगत गोपघाटमा गरिएको कार्यक्रममा ५० जना सर्बसाधारण ब्यक्ती नेकपामा प्रबेश गरेको नेकपाका नेता शेरबहादुर मल्लले जानकारी दिनु भएको छ ।
असोज २ गतेबाट सञ्चालन भएको म शुक्रबार शिखर नगरपालिकाको गोपघाटमा शिखर नगर कमिटीका अध्यक्ष सागर भट्टको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश कमिटि सदस्य लाल बहादुर कठायत, शिखर ईन्चार्ज रमेश जोशी, नेताहरु शेरबहादुर मल्ल, भिम बहादुर बलायरको उपस्थिती रहेको थियो ।
भण्डाफोर अभियान निरन्तर भएकाले सबैले यस अभियानमा जोडीन पर्ने र नगरका कमी कमजोरी सच्याएर सुशासित नगर बनाउने अभियान थालिएकाले सबैले साथ दिनुपर्ने बताएका छन ।
पार्टीले सञ्चालन गरेको अभियान शुसासन, पारदर्शिता र जवाफदेहीताका पक्षमा भएको र भ्रष्टचारीका बिरुद्धमा भएको प्रदेश कमिटी सदस्य लालबहादुर कठायतले बताए ।
पार्टीले सञ्चालन गरेको भ्रष्टाचार बिरोधी अभियानमा साथ दिनका लागी बिभिन्न वडामा सञ्चालन गरिएको कार्यक्रममा नागरिकको समर्थन बढ्दै गएको र पार्टी प्रबेश गर्नेको संख्या बद्धी हुँदै गएको नेता शेरबहादुर मल्लले बताए ।
