डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

bhukampa

पुस ०४, डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ का ४२ वर्षीय दानबहादुर ओली रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका ओलीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। दुर्घटनामा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा नवदुर्गा गाउँपालिका–१ का ३० वर्षीय जिप चालक दीपेन्द्रबहादुर बुढाऐर र नवदुर्गा–४ का २७ वर्षीय दीपेन्द्र बोहरा रहेको सूचना अधिकारी नायकले बताए। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
बुधबार बेलुका साढे ४ बजेतिर जिल्ला सदरमुकाम बागबजारबाट भागेश्वर गाउँपालिका गइरहेको सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप आइत बजार नजिकैदुर्घटना दुर्घटना भएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...