मेल्लेखमा कुष्ठरोग रोकथाम अभियान अन्तरगत अभिमुखीकरण कार्यक्रम 

लाल बहादुर चदारा
पुस १९, अछाम 
अछामको मेल्लेख गाउँपालिकामा कुष्ठरोग रोकथाम तथा जनचेतना फैलाउने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहिवार अभियानको घरदैलो कार्यक्रमबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा सामाजिक विकास संयोजक प्रकाश अधिकारीले अध्यक्षता गरेको गोष्ठीका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सीँ साउद रहेका थिए ।
Sayalb
गोष्ठीमा कुष्ठ रोगबाट प्रभावित व्यक्तिको पारिवारिक सम्पर्क, छिमेकीको सम्पर्क तथा सामुदायिक सम्पर्कका व्यक्तिहरूलाई शारीरिक परीक्षण गरी बिरामी पत्ता लगाउने, औषधि खुवाउने, रोग बारे जनचेतना फैलाउने र कुष्ठरोग सङ्क्रमण हुनसक्ने सम्भावित जोखिमलाई रोक्ने लगायतका विषयमा छलफल भएको छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर, ( एनएनएसडब्लुए/एनएलआर) नेपाल कैलाली र स्वास्थ्य कार्यालय अछामको सहयोग तथा मेल्लेख गाउँपालिकाको आयोजनामा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा प्रशासकीय अधिकृत हिक्मत बुढाले स्वास्थ्य सम्बन्धी सबै समस्या पत्ता लगाउन स्वास्थ्यकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने बताएका छन् । यस्तै स्वास्थ्यकर्मी रमिता थापा खड्काले समुदायमा स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्यकर्मीले सक्रिय हुनुपर्ने बताइन् ।
गोष्ठीको सहजिकरण समाज कल्याण सङ्घ कञ्चनपुरका सुपरभाइजर मान बहादुर महरा, एनएलआर नेपाल कैलालीका प्रकाश मल्ल, स्वास्थ्य कार्यालय अछामका क्षय/कुष्ठ रोग अधिकृत दीपेन्द्र जोशीले गरेका थिए । स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला सञ्चालन गरेको गोष्ठीमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुकाे सहभागिता थियो ।
Shaileshwori
Loading...