
१७ माघ, डोटी । खत्याडी माद्यामीक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शिवप्रसाद उपाध्याय चयन भएका छन् । बुधवार बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा अवस्थित विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा उपाध्याय चयन भएका हुन् ।

त्यस्तै वडा प्रतिनिधिको रूपमा सदस्यमा वडा अध्यक्ष चन्द्रमान सुनार, अन्य सदस्यमा पूर्ण बम, टेक बहादुर बिक, दुर्गा देवी गडसिला, सरस्वती दमाई, लक्ष्मी बोहरा कुडमाल र शिक्षक प्रतिनिधिमा विष्णु मौरे रहेका छन् । समितिको सदस्य सचिवमा प्रधानाध्यापक प्रशान्त बटाला रहेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर उकास्ने आफ्नो एउटै उद्देश्य रहेको अध्यक्ष उपाध्यायले बताए । उनले विद्यालयसँग भौतिक संरचना र स्रोतको कमी नरहेकाले विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न हर सम्भव प्रयास गर्ने बताए । जसका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालासँग छलफल र सहकार्य गर्ने अध्यक्ष उपाध्यायको भनाइ छ । अध्यक्ष उपाध्याय खत्याडी माद्यामीक विद्यालयका पूर्व शिक्षक समेत हुन् ।
