साढे १४ वर्ष विव्यस अध्यक्षको रूपमा काम गरेका बमलाई सम्मान 

२३ माघ, डोटी । खत्याडी माद्यामीक विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष देव बहादुर बमलाई सम्मान गरिएको छ । मङ्गलवार विद्यालय तथा बोगटान फुड्सिल गाउँपालिकाले पूर्व अध्यक्ष बमलाई सम्मान गरेको हो । बमले विद्यालय व्यवस्थापन समिति अध्यक्षको रूपमा १४ वर्ष ६ महिना काम गरेकाले उनको कार्यको मूल्याङ्कन गर्दै गाउँपालिका र विद्यालयले सम्मान गरेको विद्यालयका नव अध्यक्ष शिवराज उपाध्यायले बताए ।
बम पहिलो पटक २०६३ सालमा विद्यालयको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता एक कार्यकाल बाहेक साढे १४ वर्ष विद्यालयको अध्यक्षमा रही काम गरे । उनले आफ्नो कार्यकालमा १० कक्षासम्म पढाइ हुने विद्यालयमा प्लस दुईको पठनपाठन सुरु गर्नुका साथै नमुना विद्यालय विकासका लागि छनोटमा पार्न महत्त्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ ।
Sayalb
साथै ६ वर्ष निरन्तर विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा रहेर काम गरेका रुद्र बहादुर विष्टलाई पनि सम्मान गरिएको छ । विष्टले लामो समय अध्यक्षमा रहेर शिक्षक र अभिभावक बिचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।
यस्तै विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा चक्र केसी चयन भएका छन् । आज सम्पन्न एक भेलाबाट केसी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
Shaileshwori
Loading...