मेल्लेख अछामका जनयुद्धका १६ जना सहिद परिवारलाई सम्मान 

लाल बहादुर चदारा
फागुन १, मेल्लेख अछाम । 
जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) मेल्लेख गाउँपालिका समितिले १६ जना सहिद परिवारलाई सम्मान गरेको छ । मङ्गलवार मेल्लेख गाउँपालिका–५ विन्ध्यवासिनी स्थित पार्टी कार्यालयमा २९ औँ जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको हो ।
सहिदले जनयुद्धमा गरेको त्याग र बलिदानको प्रशंसा गर्दै परिवारका सदस्यलाई खादा र दोसल्ला ओढाएर सम्मान गरिएको माओवादी केन्द्रले बताएको छ । गणतन्त्र स्थापना गर्न जनयुद्धमा आफ्नो बलिदान दिएर देश र जनताका लागि महत्त्वपूर्ण योगदान पु¥याउन अहम् भूमिका निर्वाह गरिएको भन्दै सहिद परिवारलाई सम्मान गरिएको हो । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा मेल्लख गाउँपालिकाका इन्चार्ज भीम बहादुर बुढा सुवासले  समाजवादी व्यवस्थालाई लागू गर्न इतिहास जोगाउन आवश्यक भएको बताए । उनले सहिद पार्क व्यवस्था गर्न पार्टीले पहल गर्ने तथा देश र जनताको लागि सहिदका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए ।
Sayalb
माओवादी केन्द्र मेल्लेख गाउँपालिका पार्टी कमिटी तथा गाउँपालिका अध्यक्ष ज्वाला सीँ साउदले सहिदका सपना पूरा गर्न आम पार्टी कार्यकर्ताले एकजुट भएर जानुपर्ने कुरामा जोड दिए । ‘जनयुद्धका सहिदका सपना हामीले पूरा गर्न तिर लाग्नुपर्छ, त्यसका लागि पार्टीमा एकता हुनुपर्याे, उनले भने, सहिद परिवार अहिले पनि समस्यामा रुमलिएका छन् यस तर्फ हामी सबैले ध्यान दिनुपर्छ ।’
मेल्लेख गाउँपालिकामा जनयुद्धका १६ जना सहिद परिवार रहेका छन् । देश जनताका निम्ति त्याग, बलिदान दिनेलाई पार्टीले एक दिन मात्रै सम्झेर नहुने सहिद परिवारका सदस्यहरूको भनाई छ । सहिद परिवारका सदस्य रूप बहादुर शाहले जनयुद्धका सहिद परिवारका समस्या सम्बोधन गर्न पार्टीले राज्यसमक्ष पहल गरिदिनुपर्ने बताए । अहिलेको अवस्थामा पार्टी केन्द्रमुखी भएको तर ग्रामीण क्षेत्रमा रहेका सहिद परिवारलाई जीविकोपार्जन गर्न धौधौ परेको उनको गुनासो छ । विगतमा पार्टीलाई यो स्थानमा पु¥याउन सबैको भूमिका भए पनि त्यसको मूल्याङ्कन नहुँदा दुःख लागेको शाहले बताए ।
सहिद सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिकाका नेता अर्जुन धामी, टंका बिक, वीरबहादुर साउद, गोरख धामी लगायतको सहभागिता थियो ।
Shaileshwori
Loading...