
फागुन ३, कपिलवस्तु ।
कपिलवस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको परिचय खुलेको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परि मृत्यु भएका १० जना मध्य ६ जनाको सनाखत भएको हो ।

रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुर सन्जु थापाको सनाखत भएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु.प.प्र ०२-००१ ख ००९८ नम्बरको सुनौलो महाकाली यातायातको बस शिवराज नगरपालिका १ सुरही पुल नजिकै राति १ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
