दिपायल सिलगढी नगरपालिकामा दादुरा रुबेला खोप अभियानको तयारी पुरा 

फागुन ०९ , डोटी ।
फागुन १३ गते देखि सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको तयारी पुरा भएको दिपायल सिलगढी नगरपालिकाले बताएको छ । बुधवार नगरपालिकाको सभा हलमा आयोजना गरिएको खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । स्वास्थ्य शाखाका अनुसार ९ महिनादेखि ५ वर्ष उमेर समूहका ३ हजार २ सय २९ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइँदै छ ।
Sayalb
खोप अभियानका क्रममा नगरपालिकामा ६३ ओटा खोप केन्द्र निर्धारण गरिएको तेज बहादुर खड्काले बताए । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने भएका छन् । खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई आवश्यक तालिम दिइएको पनि शाखा प्रमुख खड्काले बताए । नियमित खोप लगाइराखेकाहरूले पनि अभियानका क्रममा खोप लगाउनु पर्ने जिल्ला अस्पताल डोटीका प्रमुख डा. सुजित कुमार मण्डले बताए । सन् २०२६ सम्ममा दादुरा रुबेला निवारण गर्ने सरकारको लक्ष्य रहेकाले सबैले खोप लगाएर सहयोग गर्नुपर्ने र लक्षित वर्गलाई खोपको दायरामा ल्याउनु सबैको दायित्व हुने डा. मण्डलको भनाई छ ।
नगर प्रमुख बाजी सिंह खड्काले दादुरा रुबेला खोप अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् ।  खोपले दादुरा रुबेला मात्रै नभएर त्यसबाट लाग्न सक्ने अन्य रोगबाट पनि बचाउने भएकाले खोप अनिवार्य रहेको प्रमुख खड्काले बताए । ‘पूर्ण खोप लगाऔँ, बालबालिकाहरूलाई रोगहरूबाट सुरक्षित बनाऔँ’ भन्ने नारासहित दिपायल सिलगढी नगरपालिकामा फागुन १३ देखी २० गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै छ ।
Shaileshwori
Loading...