सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको एक लाख ३३ हजार 

चैत २१, काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नयाँ रेकर्ड कायम हुँदा बुधवार सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार केही घटेको सुनको मूल्य बुधवार १ हजार ८ सय रुपैयाँले बढेको छ ।
मङ्गलवार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो । यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको हो ।
bhukampa
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।  । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार प्रतितोला एक हजार ५४५ मा कारोबार भएको चाँदी बुधवार एक हजार ६१० रुपैयाँ पुगेको छ ।
Shaileshwori
Loading...