इलाममा आज मतगणना नहुने

इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना भोलि मात्रै हुने भएको छ । निर्वाचन आयोगले आज मध्यरातिबाट भएपनि मतगणना सुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाइ भएपछि भोलिबाट मात्रै गणना सुरु हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहान सर्वदलीय बैठक बोलाएको छ ।

bhukampa

मत गणना सुरु हुनु अघि बस्ने बैठक बिहान ७ बजेका लागि बोलाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले बताए । उनका अनुसार मतगणना समबन्धि समन्वय बैठक भोलि बिहान ७ बजे बोलाइएको छ । बैठकपछि मतगणना सुचारु हुने छ । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।

Shaileshwori
Loading...