रेशमको पोष्टले सुदूरपश्चिम सरकारमा हलचल,मुख्यमन्त्री पद नै धरापमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेका दुईवटा स्टाटसले सुदूरपश्चिम सरकारमा हलचल नै मच्चिएको छ।

एउटा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा आफै दाबी गर्ने, अर्को हाल प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने। यसबाट हालै मात्र मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ। नागरिक उन्मुक्ति पार्टीको पुर्ण बैठक बसेको तस्वीर पनि रेशम आफैले सार्वजनिक गरेका छन्। सो बैठकले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन्।

Sayalb
Shaileshwori
Loading...