डोटीमा शिविर सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ

जेठ २, डोटी
जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टर सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन् । इजाजत विना शिविरको आयोजना गरी ठगी गरेको सूचनाका आधारमा खटिएको प्रहरीको गस्ती टोलीले मङ्गलवार दुवै जनालाई सोधपुछका लागि दिपायल सिलगढी नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो ।

Sayalb

उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्र बहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधवार दुवै जना विरुद्ध इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले दुवै जना विरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए  ।

पक्राउ परेका व्यक्तिहरुले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए । डाक्टर भूपेन्द्र नाम बताउने क्षेत्री र गुनीयालको सहयोगमा वडा कार्यालयले शिविरको आयोजना गरेको थियो ।

शिविर वैशाख २७ गतेदेखि ३० गतेसम्म ४ दिन सञ्चालन भएको थियो । शिविरमा दुई सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए ।

Shaileshwori
Loading...