कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

जेठ ८, काठमाडौँ । 
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहिया मङ्गलवार बेलुका थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ परेका हुन् । सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
Sayalb
उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मङ्गलवार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न माग गरिएको थियो । उनलाई मङ्गलवार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।
सिरोहियाले भने सहकारीको बचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुई वटा राहदानीको मुद्दा रहेको भन्दै उनी विरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् ।
Shaileshwori
Loading...