विराटनगरमा सरकारी गाडीमा आगजनी 

जेठ २७, विराटनगर । विराटनगरमा सरकारी गाडीमा आगजनी भएको छ । आइतबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
मोरङको रङ्गेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै आन्दोलित विद्यार्थीहरूको समूहले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । दमकलको सहयोगले आगो नियन्त्रणमा लिए पनि आगोले जलेर गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
Sayalb
चालक र आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी रोकेर विद्यार्थीहरूले आगो लगाएका थिए । नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले गत बिहीबार ६ जना विद्यार्थी पक्राउ गरेको थियो ।
उनीहरूको रिहाइको माग राख्दै आन्दोलित बनेका उनीहरूले आज एउटा स्कारपियोमा आगजनी गरेका हुन् । अरू ५ वटा गाडीमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । गाडी आगजनी गर्ने समूहको खोजी भइरहेको उनले बताए ।
Shaileshwori
Loading...