संसदमा तोडफोड गर्नेलाई कारवाही गरौँ : गगन थापा

Sayalb

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगन थापाले तोडफोड गर्ने सांसदहरुलाई कारबाही गर्नु पर्ने बताएका छन । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोक्ने प्रस्ताव पेस गरे देखी आन्दोलीत नेपाली काग्रेसका सांसदहरूले
प्रदेश ५ को सभामा कुर्सी सहित फर्निचर तोडफोडगरेका थिए । सभामा गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत कारबाही गर्न माग गरेका छन ।
थापाले उक्त घटनाको आत्मालोचना गर्दै कारबाही गरिनुपर्ने बताएका हुन् । ‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरित छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ’ नेता थापाले फेसबुकमा लेखेका छन् ।

Shaileshwori
Loading...