
असार १७, डोटी । गत बिहिवार सार्वजनिक भएको एसईईको नतिजाबारे जोरायल गाउँपालिकाले समीक्षा गरेको छ । सोमबार जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घका अध्यक्ष लगायतका सरोकारवालासँग गाउँपालिकाले अन्तरक्रिया गरेको छ ।

जोरायल गाउँपालिकामा ११ ओटा माध्यमिक विद्यालय रहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा जोरायलबाट तीन सय ३२ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३५ जना मात्रै उत्तीर्ण भएका थिए । परीक्षामा सहभागी भएका विद्यार्थीको करिब ९० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि गाउँपालिकाले अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा गाउँपालिकाको नतिजा कमजोर देखिनुको कारण बारे छलफल गरिएको घण्टेश्वर माद्यामिक विद्यालयको शिक्षक अभिभावक सङ्घका अध्यक्ष राम बहादुर विकले जानकारी दिए ।
