हरिहर माध्यमिक विद्यालयका विद्यार्थीहरूले रोपे दुई हजार बिरुवा

असार २८, डोटी । शिखर नगरपालिका वडा नम्बर ६ मा रहेको हरिहर माध्यमिक विद्यालयले पहिरोको जोखिम रहेको ठाउँमा बिरुवा रोपेका छन् । शुक्रवार विद्यार्थीहरूले शुक्रवारीय क्रियाकलाप अन्तरगत शिखर नगरपालिकाको कार्यालय र विद्यालयको बिच भागमा रहेको खालि जमिनमा बिरुवा रोपेका हुन् ।
Sayalb
बिरुवा रोपिएको स्थानमा खालि जमिन हुँदा पहिरो जाने जोखिम थियो । रेड नेपिएर र सुपर नेपिएरका गरी दुई हजार बिरुवा रोपिएको शिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धिर्क बहादुर सिंहले जानकारी दिए । रोपिएका बिरुवा शिखर नगरपालिका पशु सेवा शाखा र पशु विज्ञ केन्द्र डोटीको सहयोगमा उपलब्ध भएको वडा अध्यक्ष सिंहले बताए ।
Shaileshwori
Loading...