नदिमा डुबेर एक बालकको मृत्यु

Sayalb

असोज २१, बझाङ
सेती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार नदिमा पौडी खेल्न गएका ९ वर्षीय बालक विवश खड्काको डुबेर ज्यान गएको हो । मृतक बालकको घर बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मालुमेला हो । उनिको मालुमेला स्थित सेति नदिमा डुबेर ज्यान गएको हो । मंगलबार बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको र बेलुकी ६ बजे खोजीका क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी दिएको छ । विवशले नहाउन भनी कपडा खोलेर किनारमा राखेको हुँदा डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ ।

Shaileshwori
Loading...