सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप्ने तयारी

भदौ १७, काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ ।  मंगलबार बस्ने प्रतिनिधिसभा बैठकबाट म्याद थपको प्रस्ताव पेस हुने बताइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ ।

Sayalb

जसअनुसार सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

समितिको म्याद यही साता सकिन लागेको तर काम धेरै बाँकी रहेकाले म्याद थपको प्रस्ताव लैजान लागिएको बताइएको छ ।  समितिको हालसम्म ५१ वटा बैठक बसेको छ भने अब प्रतिवेदनको मस्यौदा लेखन गर्न सुरु गरिएको छ ।

Shaileshwori
Loading...