नेबिसंघ द्वारा पुर्बिचौकी गाउँपालिकामा तालाबन्दी

Sayalb

नेपाल बिद्यार्थि संघ पुर्विचौकीद्वारा पुर्बिचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाको कार्यालयमा कोही पनि कर्मचारी तथा जनप्रतिनिधी नभएको भन्दै नेपाल बिद्यार्थिसंग पुर्बिचौकी गाउँ ईकाई समितिले तालाबन्दी गरेको ईकाई सभापती रेशम बिक्रम खड्काले जानकारी दिए ।
गाउँपालिकाको कार्यालय रित्तैराखि अध्यक्ष, उपाध्यक्ष , कार्यालय प्रमुख , स्वास्थकर्मि लगायललाई गाउँपालिकाका गाडीहरु लगेर पिकनिक खान अछामको कैलाशखोला गयको सरकारी सम्पत्तिको दुरुपयोग गरि पुर्बिचौकि गाउँपालिकाकामा बिगतमा भएको भ्रष्टाचारको समेत कुनै कार्वाही नगरी उल्टै भ्रष्टाचार गरेको पैसा जम्मा गर्न लगायर भ्रष्टाचारी लाई प्रश्चय दियको भन्दै तालाबन्दी गरिएको ईकाइ सभापती खड्काले बताए ।
गाउँपालिकामा तालाबन्दी गरेको खबर जानकारी आफुले प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । बोगटीले भने ‘आज शुक्रबार भएका कारण काम सकिएपछी पिकनिकमा गएको हुन सक्छन यसलाई ठुलो बिषय बनाउन जरुरी छैन । हामीले जनताको सेवा प्रभाबित हुनेगरी काम गरेका छैनौँ ।’

Shaileshwori
Loading...