युवाले खोजेको उन्मुक्ति

तिर्थ नेपाली  
काठमाडौँ  । युवा तातो रगत ,केही गर्छु भन्ने आँट साहस बोकेको पात्रका रूपमा परिचित छ , भने परिवारको नजरियामा केही गर्छ,मेरो छोराछोरीले ठानेका भविष्यको सहाराको किरण वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नव–निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमूल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ। युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरूको नशा–नशामा क्रान्तिकारी परिवर्तनको नवीन ऊर्जाहरू सल्बलाईरहेको हुन्छ।
तथापि युवा दिन प्रतिदिन विभिन्न म्यानपावरको चुलो बल्ने माध्यम पसलेका साहुजीको नाइट कस्टम्बर कसैको पागल प्रेमी पैसा हुँदा डेटिङ नभए लागु औषधको सेटिङ गर्ने बिग्रेको मान्छेको रूपमा उपनाम दिँदै आएको त छर्लङ्गै छ ।
हो गाउँमा जिउँदाको जन्ती मर्दाको मलामी जाने मान्छे छैनन् तर सहरमा सपनाको भारी सजाउँदै बसेका अनुहार असङ्ख्य छन् । कोही निजामती कर्मचारी बन्ने कसरतमा छन् ।अधिकांश वैदेशिक यात्राको बाटो तताउँदै छन् । उता पुगेका युवा जमात केही त्यतै बस बताउँदै छन् ।
 म जस्ता कयौँ युवा उन्मुक्ति खोजिरहेका छन् । उमेर ढलकिदै छ ,सपना झन् छचल्किँदै छन् आशाका धमिराहरू गल्दै छन् । दिनहरू यता गयो उता गयो कट्छन् रातमा तुफानका साथ बात चल्दै छन् आफ्‌नै मनभित्र दुई ढुङ्गाको तरुल पारेको देशको शिक्षा नीतिले देशमा बसु भनसुन गरी दिने सिफारिस गरिदिने आफन्त छैन ।बाहिर जाने मन छैन अरूसरह कसरी कदम चाल्ने हो, खल्तीमा सुको पैसा दाम छैन गरौँ भने पनि त गतिलो काम छैन ।
असङ्ख्य बेरोजगारीले न्याँकेको सहरमा ऐसाहासका साथ पाउन पनि त अक्सिजन  छैन । पाँच पट फेल भएकाहरूलाई खेत जोत्न पठाउने देशले प्रयास गर्दा गदै थाकेका युवाहरूको वैकल्पिक बाटो किन बनाउन सकेन आश्चर्यजनक लाग्छ ।निराशाका प्रतिबिम्ब छताछुल्ल छन्  । देशको कुल जनसङ्ख्याको ४२ प्रतिशतमा युवापुस्तामा हो ।
Sayalb
देशमा परिवर्तन आयो प्रजातन्त्र लोकतन्त्र आयो १० वर्षको लामो मिहिनेतपछि विश्वको उत्कृष्ट संविधान २०७२ पनि आयो कागजी रूपमा आएको संविधानले वास्तविक पिँधमा रहेका  युवा पुस्ताको जीवनस्तर उकास्न सक्ने कुनै कार्यक्रम लागु गर्न सकेन । माध्यम मात्र बनाए युवालाई अहिले आएर प्रत्येक जमात घोत्ली रहेका  छन् वर्तमान र  भविष्यको सङ्घारमा  । शिक्षाको नाममा वर्खामासको उम्रेका च्याउसरह शिक्षालय, स्कुलहरू स्थापना गरे कार्यकर्ता भर्ती केन्द्रमा परिणत गरे राजनीतिक जागरूकताको नाममा रातो टिका र  चिया बिस्कुटको स्वादमा झन्डा उचाल्न आन्दोलन गर्ने  सिवाय के उपलब्धि हात पर्‍यो र ?
औपचारिक तथ्याङ्कमै भर पर्ने हो भने पनि श्रमका लागि दिनहुँ २५ सय युवा अनि शिक्षाका लागि दैनिक करिब ४०० को हाराहारीमा युवा शक्ति विदेश गइरहेको भेटिन्छ । २०७८ जनगणना अनुसार देशभरका १५ लाख ५६ हजार परिवारका कोही न कोही सदस्य विदेशमा छन् ।
नेपालमा १५ वर्षभन्दा माथिको सक्रिय श्रम शक्ति जनसङ्ख्या २ करोड ७ लाख ४४ हजार रहेको पछिल्लो श्रम शक्ति सर्वेक्षणले देखाउँछ । त्यसमध्ये केवल ७० लाख ८६ हजार जनसङ्ख्या मात्रै रोजगारीका विभिन्न क्षेत्रहरूमा सामेल देखिन्छ । रोजगारीका क्षेत्रमा रहेको श्रम शक्ति जनसङ्ख्याको ३४।२ प्रतिशत देखिन्छ । बाँकी ११।३ प्रतिशत बेरोजगारी दर देखिन्छ । त्यसैले अहिलेका युवा पुस्ताले उन्मुक्ति खोज्दै छन् ।
 देशको मूल नीति राजनीति ले इरिटेड नेपाली जनता विक्षिप्त भई सकेका छन् । देश एउटा एकाइ हो, भावी रणनीति र दिगो विकास,समृद्धिका लागि पहल चाल्नुपर्ने महामयम दिवा सपना देखिरहेका गहिरो निन्द्रामा मस्त छन् ।
उहाँहरूको त्यो निन्द्रा कहिले भङ्ग हुन्छ, पत्तो छैन अब हेर र पर्खको अवस्थामा छन् युवापुस्ता रातारातको सत्ता भत्काउने र टिकाउने खेलका ख्याति प्राप्त कलाकारहरूको म्याद कहिले खतम हुन्छ, पर्खाइमा छन् जनता हो,सत्य हो न यता न उताका छन् यहाँ जनता अबको उन्मुक्तिको लागि जस्तो सुकै कदम चाल्न पनि तत्पर छन्
लोकतन्त्रसँग आफ्ना गल्ती कमीकमजोरी सुधार गर्ने भन्दा सत्ता पक्ष र प्रतिपक्षले प्रतिसोध भावनाले गर्दा खेलाँची बनिरहेका छौ हामीले प्रणालीमा भित्र्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण वास्तविक अर्थमा अभ्यास भइसक्न बाँकी छ । संविधान, अनि त्यसका आधारमा ऐन–कानुन बनेका छन्, कति त बन्दै छन् ।
लोकतन्त्रले फास्ट ट्र्याकमा काम गर्दैन । तर यसले सुस्तरी तय गर्ने आफ्नो यात्राप्रति नयाँ पुस्ताले धीर भएर पर्खिन सक्ने अवस्था देखिँदैन । अथवा युवा पुस्तामा आफ्नो जीवनलाई लिएर जुन अधीरता बढेको छ, त्यसको सम्बोधन लोकतन्त्रले तुरुन्तै गरिहाल्ला भन्ने देखिँदैन । त्यसैले युवाले खोजेको देश कस्तो हो भन्ने प्रश्नउपर घोत्लिनुपर्ने बेला भएको छ सक्षम र जनमुखी भनेर प्रतिस्पर्धा गर्ने क्षमताको पहिचान गर्न आवश्यक छ ।
Shaileshwori
Bolpatra
Loading...