घरको छतबाट खसेर एक बालक घाइते 

माघ ८, डोटी । शिखर नगरपालिका-१० बान्डुङ्ग्रीशैनमा घरको छतबाट खस्दा एक जना बालक घाइते भएका छन् । स्थानीय प्रकाश सुनारका ६ वर्षका छोरा प्रविन सोमबार साँझ करिब ६ बजेको समयमा घरको छतबाट खसेर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार प्रविन आफ्नै एक तले घरको छतबाट खसेर घाइते भएका हुन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...