बडीकेदार गाउँपालिका-२ का ज्येष्ठ नागरिकलाई सम्मान

गणेश बहादुर मौनी
माघ २६, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले वडा नम्बर २ का ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरेको छ । शनिबार वडा नम्बर २ को कार्यालय बर्छैनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

Sayalb

सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने हेतुले वडा अन्तरगत रहेका केहि ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरुप कम्मल र टर्च लाइट वितरण गरेको बताइन् । ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबै र राज्यको दायित्व रहेको वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष इन्द्र वलीले बताए ।

पालिकाले वडा नम्बर १ बाट सुरुवात गरेको ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम आज वडा नम्बर २ मा सम्पन्न भएको हो । यो अभियान क्रमशः पालिका अन्तरगतका सबै वडाहरूमा सञ्चालन गरिने जनाएको छ । वडा नम्बर २ मा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Bolpatra
Loading...