बोगटान फुड्सिल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जेठ २३, डोटी ।  डोटीको बोगटान फुड्सिल गाउँपालिका जिल्लाको तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ ।  यस वर्ष पनि ५९ महिना मुनीका गाउँपालिकामा सेवा क्षेत्र भित्रका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बोगटान फुड्सिल गाउँपालिका खोप समन्वय समिति डोटीका अध्यक्ष कमलबहादुर गड्सिलालाई खोप सुनिश्चितता  तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई घोषणा गरिएको हो ।
सरकारले खोप कार्यक्रमलाई राज्यको प्रमुख प्राथमिकतामा राखेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । उनले भने ‘जसरी सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको यलाइ  सफल बनाउन स्वास्थ्यकर्मीले  खेल्नु भएको भूमिका प्रति म धन्यवाद व्यक्त गर्दछु ।’
Sayalb
बोगटान गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम निमार्ण गर्दै आएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भयो ।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।  कार्यक्रमको अवसरमा सात स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिका तथा कार्यालय सहयोगीहरूलाई सम्मान गरिएको छ ।
Shaileshwori
Loading...