साक्षी सुरक्षामा ध्यान पुर्‍याउन इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशङ्कर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।
Sayalb
रौतहटको राजपुरस्थित मोहम्मद अफताब अलामका काका शेख इद्रिशको घरमा २०६४ साल चैत २७ गते साँझ भएको बम विस्फोटनबाट घाइते भएका गौरीशंकरको सुरक्षाको सवाल टड्कारो भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । सो घटनामा दुई जनाको मृत्यु, २० जना भन्दा बढी घाइते भएको र घाइतेमध्ये त्रिलोक प्रताप सिंह र ओसी अन्तरसहितलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई लागेको थियो । प्रहरीले २०७६ असोज १९ गते आलमलाई गिरफ्तार गरेको र जिल्ला अदालत, रौतहटले ०८१ वैशाख १३ गते जन्मकैदको फैसला गरेको स्मरण गर्दै अदालतले गौरीशंकरको बयान र स्वास्थ्य प्रतिवेदनलाई महत्त्वपूर्ण प्रमाण मान्नुका साथै उनीमाथि सुरक्षा चुनौती रहेको र सुरक्षा प्रबन्ध गर्न सरकारका नाममा आदेश समेत जारी गरेको थियो ।
जनकपुर उच्च अदालतको वीरगन्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको ०८२ जेठ १४ गतेको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आरोपितहरूलाई सफाइ दिएपछि आफूमाथि सुरक्षा खतरा भएको भन्दै राम काठमाडौँ आएका रामको सुरक्षा प्रबन्ध गर्न नेपाल सरकारसँग विज्ञप्तिमा माग गरिएको छ ।
Shaileshwori
Loading...