विभिन्न कार्यक्रम गरी भागरथी एकेडेमीले मनायो गुरु पुर्णिामा 

सुवास नेपाली, डोटी । श्री भागरथी एकेडेमीले गुरु पूर्णिमा विभिन्न कार्यक्रम गरी मनाएको छ । प्राचीन गुरुकुल परम्पराबाट सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै भागरथी एकेडेमीले पनि मनाएको हो ।
Sayalb
गुरु पूर्णिमाको अवसर पारी एकेडेमीमा सांस्कृतिक कार्यक्रम, विद्यालयमा कार्यरत २६ जना शिक्षकलाई प्रोत्साहन स्वरूप दोसल्ला सहित सम्मान तथा पुरस्कार वितरण, विद्यार्थीहरूबाट एक दिने शिक्षक प्रतियोगितामा शिक्षण सिकाई क्रियाकलापका विधि अपनाई शिक्षण गर्ने १६ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज मलासीले बताए ।
प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञान रुपी प्रकाशले अज्ञान रुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । गुरु पूर्णिमाका अवसरमा भागरथी एकेडेमीका विद्यार्थीहरूले शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका थिए ।
Shaileshwori
Loading...