बाल सचेतना केन्द्रद्वारा बिद्यार्थीलाई न्यानो लुगा बितरण

Sayalb

डोटीको आदर्श गाउँपालिका–५, लामिखालमा सञ्चालित डिएमएस अंग्रेजी बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।
काठमाण्डौंको बौद्धस्थित बाल सचेतना केन्द्रले डिएमएसमा अध्ययनरत एक सय जना बिद्यार्थीलाई न्यानो लुगा बितरण गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरवहादुर रोकायाले जानकारी दिए । बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयालले काठमाण्डौंबाट पठाएको न्यानो लुगा बिद्यार्थीहरुलाई सोमवार बितरण गरिएको रोकायाको भनाई छ । २०७६ सालमा भएको शैक्षिक गुठी अन्तरगतको बिद्यायलमा अध्ययनरत बालबालिकाहरुलाई चिसोको समयमा न्यानो लुगा बितरण गर्न पाउँदा आफुलाई निकै खुशी लागेको केन्द्रका अध्यक्ष फुयालले प्रतिक्रिया दिए ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई चिसोबाट बच्नका लागि न्यानो लुगा बितरण गरिदिएकोमा व्यवस्थापन समितिले बाल सचेतना केन्द्रलाई धन्यवाद दिएको छ ।

Shaileshwori
Bolpatra
Loading...