दारी ग्याङका मलासी र लामाले गरे रक्तदान, एक जनाको जोगियो ज्यान
नरेश बोगटी / असोज, २६ डोटी
दारी ग्याङ डोटीका सदस्य एवम् शैलेस्वरी यातायात प्रा.ली. डोटीका अध्यक्ष गणेश मलासी र दारी ग्याङका सदस्य उर्गेन लामाले रक्तदान गरेर एक जना पुरुषको ज्यान जोगाएका छन । डोटीको दिपायल शिलगढी नगरपालिका वडा नं. २ घर भएका अन्दाजी ६० बर्षिया सेसर कुमार शाक्यलाई दारी ग्याङ डोटीका सदस्य मलासी र लामाले रक्तदान गरेर ज्यान जोगाएका हुन ।
हिड्डुल गर्ने अबस्था नभएपछि गाउबाट ल्याएर जिल्ला अस्पताल डोटीको इमर्जेन्सी कक्षमा भर्ना भएका मलासीको अस्पतालमा चेकजाँच गर्दा हेमोग्लोविनको मात्रा कम (४.६) रहेको र छिट्टै ३ पिन्ट ञएझपोजेटिभ रगतको व्यवस्था गर्नु भनी चिकित्सकहरुले बिरामीका आफन्तलाई सल्लाह दिएका थिए ।
चिकित्सकको सुझाब अनुसार शाक्यका आफन्तहरुले रक्तदानका लागि दारी ग्याङ्गका संयोजक अनुजराज जोशीलाई आव्हान गरेका थिए । निज पुरुषको रक्त समुह A पोजेटिभ रहेकोले आफ्नो रक्त समुहसँग मेल खाए पछि रक्तदान गरेको दारी ग्याङका सदस्य मलासी र लामाले जानकारी दिए ।
निज पुरुषलाई दारी ग्याङ्गका सदस्य एवम् दिपायल शिलगढी नगरपालिकाका वडा नम्बर ५ निवासी गणेश मलासी र दिपायल शिलगढी शिलगढी नगरपालिका वडा नम्बर ६ निबासी उर्गेन लामाले एकरएक पिन्ट गरि जम्मा दुई पिन्ट रगत दिइएको डाक्टर प्रमोद भट्टले जानकारी दिए।
आफ्नो थोरै रगतले गर्दा कसैको ज्यान जोगिन पाउदा आफुलाई गर्व अनुभुती भएको रत्तदाताहरु मलासी र लामाले बताए । सामाजिक सञ्जालबाट देशका बिभिन्न जिल्लामा विस्तार भई गठन भएको उक्त दारी ग्याङ डोटीले यस भन्दा अगाडि पनि दर्जनौं बिरामीलाई रक्तदान तथा अन्य बिभिन्न सामाजिक कार्य निस्वार्थ रुपमा गर्दै आएको र आगामी दिनमा पनि यस्तै काम काम गर्दै जाने दारी ग्याङ डोटीका संयोजक अनुजराज जोशीले बताउनुभयो ।