मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

२ माघ, डाेटी

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयाेजनका लागि डाेटीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएकाे छ ।

Sayalb

शुक्रवार मुख्य निवार्चन अधिकृत एवं डाेटी जिल्ला अदालतका न्यायाधिश पदमराज पाण्डेयले अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय उद्घाटन गरेका हुन् । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापनासंगै निर्वाचनकाे काम कारवाही अघि बढेकाे पाण्डेयले जानकारी दिए । उनले भने ‘कार्यालय स्थापना सङ्गै सबै सरोकारवालासङ्गको समन्वयमा निर्वाचन सम्बन्धि काम तथा प्रक्रिया अगाडि बढाइएको छ ।’

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना सम्प्रेषणका लागि सहायक निर्वाचन अधिकृत गम्भिर राना मगरलाई सूचना अधिकारी ताेक्ने र सामाजिक सञ्जाल समूह वनाउने तयारी गरेकाे समेत जानकारी दिए । शनिवार जिल्लामा क्रियासिल राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले वताए ।

कार्यालय स्थापनाकाे क्रममा डाेटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जिल्लामा रहेका मदतान स्थलहरूकाे सुरक्षा अवस्था अनुगमन गर्ने, सुरक्षाकर्मीहरु परिचालन गर्ने र निश्पक्ष निर्वाचन सम्पन्न गर्न स्थानीय तहका जनप्रतिनिधिहरुसंग छलफल गर्ने कार्य भईरहेको जानकारी दिईन् । ‘जिल्लामा ९६ सशस्त्र प्रहरीतर्फ र एक हजार ४० नेपाल प्हरीतर्फ निर्वाचन प्रहरी छनौट गर्ने प्रक्रिया अगाडि बढेको छ’ उनले भनिन् ‘सुरक्षा बल कहाँ र कसरी परिचालन गर्ने भन्ने बिषयमा समेत योजना वनेको छ ।’ उनले आफुहरु मतदान स्थलको अनुगमन गर्न जाँदा गाउँमा अव निर्वाचन हुने भयो भन्ने सन्देश गएको समेत वताईन् ।
डोटी जिल्ला निर्वाचन अधिकारी करुणाकर जोशीले निर्वाचन सम्पन्न गर्नका लागि सवैले सहयोग गर्न अग्रह गरे ।

Shaileshwori
Loading...