यि हुन एमालेले टुंग्याएका सुदूरपश्चिमका १६ उम्मेदवार

उपमहासचिव भट्ट कैलाली–४ बाटै लड्ने

Sayalb

४ माघ, डोटी । नेकपा एमालले सुदूरपश्चिममा सवै १६ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
शनिवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो । एमाले उपमहासचिव एवं पूर्वमन्त्री लेखकराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट चुनाव लड्ने भएका छन् । १० बर्षे सशस्त्र बिद्रोहको पृष्ठभूमिबाट आएका भट्ट २०६४ सालदेखि सोही क्षेत्र (साविक कैलाली–५) मा प्रतिस्पर्धा गर्दै आएका छन । उनी ०७९ को निर्वाचनमा कांग्रेस–माओवादी–समाजवादी गठवन्धनका उम्मेदवार बिरवहादुर बलायरसंग पराजित भएका थिए । २०६४ को संविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीबाट चुनाव जिनेका भट्टलाई २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिर्घराज भाटले हराएका थिए । २०७४ सालको निर्वाचनमा उनले एमाले–माओवादी गठवन्धनबाट चुनाव जितेका थिए ।
यस्तै, कैलाली निर्वाचन क्षेत्र—१ बाट द्वारिका न्यौपाने, २ बाट सूर्यबहादुर थापा, ३ बाट गौरीशंकर चौधरी र ५ बाट यज्ञराज ढुङ्गानालाई एमालेले उम्मेदवार छानेको छ । कञ्चनपुर–१ बाट कमला बोहरा, २ बाट वचनबहादुर सिंह र ३ बाट दीपक भट्ट उम्मेदवार हुने भएका छन् । एमालेले अछाम–१ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगढीलाई अघि सार्ने निर्णय गरेको छ ।
बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही, बझाङबाट अफिलाल ओखेडा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

Shaileshwori
Loading...