
६ माघ, डोटी । नेपाली कम्युनिस्ट पार्टी (एमाले) का दिपक धामीले मनोनयन दर्ता गर्नुभएको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत रहनुभएका धामीले डोटी निर्वाचन क्षेत्र नं. १ बाट मनोनयन दर्ता गर्नुभएको हो । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ ।

धामीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य चक्र मल्ल र समर्थकमा एमाले जिल्ला उपाध्यक्ष खगेन्द्र बडैला रहनुभएको छ।
