यस्तो छ सुदूरपश्चिम प्रहरीको सुरक्षा योजना

रामहरि ओझा / असोज २५, डोटी

हिन्दुहरुको मुख्य चाँड पर्वहरु दशैं, तिहार र छठ पर्वलाई लक्षितगर्दै सुदूरपश्चिमप्रदेश प्रहरीले बिशेष सुरक्षा रणनीति लागु गरेको छ ।
चाँड पर्वमाहुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । आइतबारदेखि नयाँ सुरक्षा रणनीति अनुसार प्रहरी अघि बढेको सिंहले वताए । नयाँ सुरक्षा रणनीति अनुसार कैलालीकञ्चनपुर, डडेल्धुरा र डोटीमा थपप्रहरी परिचालनहुने भएका छन् । कैलालीमा र कञ्चनपुरमा ५०/५० र डोटी तथा डडेल्धुरामा १०/१० जनाप्रहरी थपगरिएको छ ।
सीमानाकाको नियमन, मोबाइल गस्ती, राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादापोशाँकमाप्रहरी परिचालन, यात्रु सहायताकक्षलगायतमाप्रहरी खटिने बरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए । ‘बढी भीड हुने ४० स्थानमायात्रु सहायताकक्षतयार गरिँदै छ,’ उनले भने ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाहीगर्ने गरी रणनीति तयार गरेका छौँ ।’
विशेष अवस्थाकालागि सात सय १४ जनाप्रहरीको टोली समेत तयारी अवस्थामा राखिएको छ । सम्भाबित घटना र अपराधीकक्रियाकलाप नियन्त्रण गर्ने गर्ने गरी सुरक्षा रणनीति सिंहको दावी छ । ‘चाँड पर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन्’ सिंहले भने ‘हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं ।’ अपराधहुन सक्ने स्थानमाप्रहरीलाई चनाखो रहननिर्देशनदिइएको सिंहले जानकारी दिए ।
नयाँ सुरक्षा योजनाअनुसार प्रदेशमापाँचहजार ५० प्रहरी परिचालनगरि नागरिकलाई नागरिकलाई सुरक्षाको प्रत्याभूतिदिने छन् । एक साताभित्रै तीनदर्जन बढी जुवाडेलाई पक्राउदावीगर्दै सिंहले पक्राउ परेकाहरुलाई कानूनबमोजिमकारवाहीगरिने जानकारी दिए ।
