डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत १०, डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरिचौका भित्री कच्ची सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परको प्रहरीले बताएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अजा बिहान साढे १२ बजेको समयमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश बिकको रहेको प्रहरीले बताएको छ । दुर्घटनापछि दुवै जना सडकबाट करिब नौ सय मिटर तल साइँली खोलामा मृत अवस्थामा फेला परेका थिए ।

Shaileshwori
Loading...