सुदूरपश्चिममा १२१० सक्रिय संक्रमित


सोमवार पुष्टि भएका ७८ जनासंगै सुदूरपश्चिममा सक्रिय संक्रमितहरुको संख्या एक हजार दुई सय १० रहेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार प्रदेशमा हालसम्म देखिएका आठ हजार एक सय २५ जनामध्ये ६ हजार आठ सय ९४ जनानिको भएर घर गएका छन् । यस प्रदेशमा १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रदेशका नौ जिल्लामध्ये सवैभन्दा बढी सक्रिय संक्रमित कैलालीमा रहेका छन । यस जिल्लामा ६ सय ४६ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जानकारी दिएको छ । यस जिल्लामा हाल सम्म दुई हजार नौ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटीमा एक सय २३ जना, कञ्चनपुरमा एक सय १८, बझाङ्गमा एक सय १६ र दार्चुलामा ८२ सक्रिय संक्रमित छन् । अछाममा ५५, बैतडीमा ४५, डडेल्धुरामा १७ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बर्दिया, धनुषा र सुर्खेतका एक/एकजनापनि यस प्रदेशभित्र सक्रिय संक्रमित रहेको निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।
सामेवार कैलालीमा ३८, कञ्चनपुरमा १०, बैतडीमा ११, बाजुरामा ६, दार्चुलामा ६, बझाङ्गमादुई, डडेल्धुरामादुई, अछाममा दुई र डोटीमा एक जनामाकोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म डोटीमा एक हजार एक सय २७जना र अछाममा एक हजार एक सय तीनजनामाकोरोना संक्रमण पुष्टि भएको छ । एक हजार सत्रंक्रमित नाघेकाजिल्लाहरु कैलाली, डोटी र अछाम हुन् ।
यस्तै कञ्चनपुरमा नौ सय २६, बझाङ्गमा पाँच सय ६७, बाजुरामा चार सय ५९, बैतडीमा चार सय ४८, डडेल्धुरामा तीन सय ४५ दार्चुलामा एक सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाकै कारण सुदूरपश्चिममा १९ जनाको ज्यानगएको प्रदेश स्वास्थ्यनिर्देशनालयले सोमवार उपलव्ध गराएको सूचनामाउल्लेख छ । हालसम्म कैलालीमा १० जनाको ज्यानगईसकेको छ । यस्तै अछाम, बझाङ्ग र बाजुरामा दुईजनाको ज्यान गएको छ भने बैतडी, डडेल्धुरा र कञ्चनपुरमा एक/एक जनाको ज्यानगएको छ ।
संक्रमित र सक्रिय संक्रमितको संख्याका आधारमा प्रदेशकै दोश्रो जिल्ला डोटीमा हालसम्म मानवीय क्षतिभने भएको छैन । जिल्लामाहालसम्म लक्षण भएका बिरामीहरु पनिखासै नदेखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी वताउँछन् ।
सोमवार देखिएका संक्रमितहरुमा सेती प्रादेशिक प्रयोगशालामा ५०, बैतडी अस्पतालको प्रयोगशालामा १०, डडेल्धुरा अस्पतालको प्रयोगशालामानौ, बझाङ्ग अस्पताल र अछाम कमलबजार अस्पतालको प्रयोगशालामा दुई/दुई र डोटी अस्पतालको प्रयोगशालामा एक जना संक्रमित देखिएका छन् ।
धनगढीको कोरोना प्रयोगशालामा कार्यरत एक जनामाकोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालामा कोरोना जाँचगर्ने एक जनामाकोरोना पुष्टि भएको हो ।
प्रयोगशालाकर्मीलाई पनि संक्रमण
यसैबिच धनगढी स्थित प्रयोगशालामा कार्यरत एक महिलालाई कोरोनाभएको सेती प्रादेशिक प्रयोगशालाले जनाएको छ । सुरुवातदेखि नै तीमहिला स्वास्थ्यकर्मीले संकलन भएको स्वाब परिक्षण गर्दै आएकीथिईन् ।
सोमवार संक्रमित भएको पुष्टि भएकीउनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ति स्वास्थ्यकर्मी महिलाले आफुमाकुनै लक्षण नदेखिएको जानकारी दिएकी छिन् । उनी अहिले सेल्फ आईसोलेसनमा बसेकी छिन् ।
