बहुमतीय खेलले पार्टी र देशलाई नोक्सान हुन्छ : कर्ण थापा
बहुमतीय खेलले पार्टी र देशलाई नोक्सान हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले बताएका छन । कर्णालीमा उत्पन्न बिवाद र बिकसित पछिल्लो घटनाक्रमलाई लक्षित गर्दै अध्यक्ष थापाले शिर्ष नेताहरुका बिचमा सहमती नभई गर्ने निर्णय दिर्घकालिन नहुनुका साथै पार्टी र देशका लागी घातक हुने टिप्पणी गरेका हुन ।
समाजिक सञ्चाल फेसबुक माफर्त थापाले उक्त प्रतिक्रीया दिएका हुन ।
थापा लेख्छन ‘नेकपाका केन्द्र देखि गाऊँसम्मका पार्टी कमिटीहरुको आकार र अवस्था हेर्दा प्रमुख नेताहरुका बीचमा एकस्तरको सहमति नगरीगरिने कुनै पनि निर्णय सार्थक हुन सक्ने अवस्था छैन । यो वास्तविकतालाई बुझेर नै सबैले आफना कामकारवाहीहरुलाई अगाडि वढाउनु पर्दछ ।बहुमतिय खेलले पार्टी र देशलाई गम्भिर नोक्सानी हुनेछ । देश, जनता र पार्टीलाई केन्द्रभागमा राखेर सोच्ने काम क्रियाकलाप र गतिविधी गर्ने गर्नु नै अहिलेको सबैको कर्तव्य र दायित्व हो भन्ने मेरो बुझाई रहेको छ । कर्णालीमा चलेको हावाबाट देश हल्लिनु आवश्यक छैन ।’