
साउन ४, डोटी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिलगढी डोटीले ग्रामीण कर्जा बिमा कार्यक्रममार्फत बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत शिखर नगरपालिका–६, सुर्खाल निवासी भावना ऐर बलायरलाई रु तीन लाख २५ हजार हस्तान्तरण गरिएको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिलगढीका शाखा प्रमुख धनकृष्ण भट्टका अनुसार भावनाका श्रीमानको मृत्यु भएपछि ऋण मिनाहा गर्नुका साथै थप काज किरिया खर्च हस्तान्तरण गरिएको हो । भावनाले २०८२ साल कार्तिक २७ गते संस्थाबाट रु दुई लाख ५० हजार बराबरको ग्रामीण कर्जा ऋण लिएकी थिइन् । श्रीमानको मृत्यु भएपछि ऋण मिनाहा सँगै थप ७५ हजार रुपैयाँ काज किरिया खर्च हस्तान्तरण गरिएको शाखा प्रमुख भट्टले जानकारी दिए ।
संस्थाले उक्त रकम मृतकका परिवारलाई हस्तान्तरण गर्दै दुःखको घडीमा यस्तो बिमा कार्यक्रमले सदस्य परिवारलाई आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेको छ । निर्धनले बिना धितो रु. सात लाख सम्म ऋण दिने गर्दछ ।
