

साउन १३, डोटी । डोटीको बुडर बजारमा नयाँ व्यवस्थापन समिति गठन भएकाे छ । बुधवार सम्पन्न वजार क्षेत्रका व्यवसायीहरुको भेलाले १५ सदस्यीय नयाँ समिति गठन गरेको हाे । समितिकाे अध्यक्षमा लाल बहादुर मल्ल चयन भएका छन् ।
यस्तै, उपाध्यक्षमा दिनेश साउँद, सचिवमा अर्जुन महरा, सह–सचिवमा सुरेन्द्र बिष्ट र कोषाध्यक्षमा चन्द्र बहादुर मल्ल चयन भएका स्थानीय युवा व्यवसायी मुकुन्द पन्तले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा भक्त लामा, भुवन नागरी, जन्तरा धानुक, कस्मिर सिजापती, सनम थापा, गौरी साउँद, राजेन्द्र ओझा, बालकृष्ण बोहरा र लक्ष्मी रावल बोहरा रहेका छन् । बाँकी एक जना सदस्य पछि मनोनित गरिने जनाईएको छ । भेलाले रामदत्त भट्टराई संयाेजक रहने गरी हेम मल्ल, ईश्वरीप्रसाद जैसी, पदम चन्द र देवराज जोशी सहितको पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेकाे छ ।
यसअघिको बजार व्यवस्थापन समिति लामो समयदेखि निष्क्रिय भएपछि नयाँ समिति गठन गरिएको भेलामा सहभागिहरुले बताएका छन् । समिति गठन भएपछि वडाभरीका ठूलासाना सबै बजार क्षेत्रको अभिलेखिकरण, दर्ता, नविकरण, सरसफाई लगायतका कामहरू हुने बिश्वास जाेरायल गाउँपालिका-२ का अध्यक्ष बिरवहादुर दर्लामीले गरेका छन् ।
