
साउन १३, डोटी । डोटीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथला निवासी चन्द्र बहादुर वलीको कुटपिटबाट श्रीमतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दका अनुसार श्रीमानको कुटपिटबाट ४७ बर्सिया श्रीमती अमृता वलीको मृत्यु भएको हो । बुधवार (आज) दिउसो १ः४० बजेको समयमा घटना घटेकोमा अमृता घम्भिर घाइते भई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी हुँदै सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । उपचारका क्रममा अमृतालाई चिकित्सकले साँझ ६ः२० बजेको समयमा मृत घोषणा गरेको प्रहरी उपरीक्षक चन्दले बताए ।
ओलीले मदिरा सेवन गरी श्रीमती कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न श्रीमान चन्द्र बहादुर वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
